/ग्याँस सिलिण्डर पड्किँदा तनहुँमा २ बालक घाइते

ग्याँस सिलिण्डर पड्किँदा तनहुँमा २ बालक घाइते

तनहुँ

तनहुँमा आइतवार बिहान ग्यास सिलिण्डर पड्किँदा २ बालक घाइते भएका छन् । घाइते हुनेमा आँबुखैरेनी गाउँपालिका– १, सत्रसयका ११ वर्षीय विवेक विक र सात वर्षीय सरगम विक रहेका छन् ।

आज बिहान ७ बजे भान्सामा खाना पकाउने क्रममा एलपीजी ग्यासको सिलिण्डर पड्किँएको प्रहरीले जनाइएको छ । प्रहरीका अनुसार सिलिण्डर पड्किँदा घाइते भएका बालकहरु खतरामुक्त भएको जनाइएको छ ।

सिलिण्डर पड्किँदा घरको छानो उडेको , भित्ता भत्किएको जनाइएको छ ।