कुमार गुरुङ
सन् १९६९ मा आजैका दिन जन्मेका दिवंगत नेता रविन्द्र अधिकारीको स्मृतिमा पोखराको छोरेपाटनमा स्प्रे टनेल निर्माण गरिएको छ ।
ज्यानमारा भाइरस कोरोनाको संक्रमणबाट बच्न रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले उक्त टनेल निर्माण गरेको हो । टनेलको उद्घाटन गर्दै प्रदेश माननीय कृष्ण थापाले टनेल संक्रमण रोक्न प्रभावकारी हुने बताए । उनका अनुसार उक्त टनेल केही समयपछि पोखरा महानरपालिकालाई हस्तान्तरण गरिनेछ ।
दिवंगत नेता अधिकारीका धर्मपत्नी विद्या भट्टराइले विविध कार्यक्रम गरी स्मृतिसभा मनाउने योजना रहेपनि कोरोना संक्रमणका कारण टनेल निर्माण गरेकोे जनाइन् । आफु जिल्लामै व्यस्त भएको भताउँदै उनले कोरोना संक्रमणबाट बच्न सचेत रहन र लकडाउनको नियम पालना गर्न आग्रह गरिन् ।
उद्घाटनक्रममा महानगरका मेयर मानबहादुर जिसी, कास्की प्रहरी प्रमुख दानबहादु्र कार्कीलगायतको उपस्थिति थियो । टनेलको निर्माण विनडोर युपिभिसीले गरेको हो । उक्त कम्पनीेले यसअघि निर्माण गरेको टनेल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
नेता अधिकारी पर्यटनमन्त्री रहेकाबेला फेब्रुुअरी २७, २०१९ मा ताप्लेजुङमा हेलिकप्टरमा दुर्घटनामा परी निधन भएको थियो ।
तस्बिरहरुः