/कमसल सामान खरिदमा नेपालले चीनलाई किन बुझायो साढे ३५ लाख डलर बढी ?

कमसल सामान खरिदमा नेपालले चीनलाई किन बुझायो साढे ३५ लाख डलर बढी ?

रिसेस/एजेन्सी

कोरोना भाइरसको सुरुवात चीनबाट भएपछि बिस्तारै विश्वभर फैंलदै छ । पछिल्लो समय चीनमा भाइरस नियन्त्रित हुँदै गर्दा उसले यससँग सम्बन्धित मेडिकल सामग्रीसमेत बेच्न थालेको छ ।

बेचिएका सामग्री कति उपयोगी छ भन्ने बारेमा प्रश्न उठ्न थालेको छ । पछिल्लो समय नेपाल चीनको अत्यन्तै नजिक छ । नेपालले कोरोनाबाट बेच्न चीनसँग मेडिकल सामग्री खरिद गरेको छ तर उक्त सामग्री कमसल रहेको अनुमानमात्र गरिएको छैन चीनले नेपालसँग वास्तविक भन्दा बढी मूल्य असुलेको बताइन्छ । यो समाचार भारतीय न्यूज साइट आजतकमा पटनाबाट सुजीत झाले लेखेका छन् ।

नेपाल सरकाले चीनबाट पठाइएको रैपिड टेस्ट कीटमाथि प्रतिबन्त्र लगाएको छ । करिब ८ लाख अमेरिकी डलर परेको यो टेस्ट मसिन बेकामे भएको भन्दै नेपाल सरकारले रोक लगाएको हो । नेपालले चार्टर्ड विमानमार्फत ल्याएको सामग्री स्वास्थ्य विभागका विशेषज्ञले परीक्षण गर्दा कुनैपनि काम नलाग्ने बताएपछि सरकारले यि सामग्रीमाथि प्रतिबन्ध लगाएको छ ।

यतिमात्र हैन, नेपाल सरकारले सामान सप्लाई गर्ने कम्पनीलाई पनि कुनै काम गर्न नपाउने गरी ब्ल्याकलिस्टको सूचीमा राखेको छ । नेपालले चीनबाट कोरोना संक्रमणबाट बच्न मास्क, ग्लब्स, स्यानिटाइजर, भेन्टिलेटरसहित अन्य मेडिकल सामग्री १ करोड डलरभन्दा बढी मूल्यमा झिकाएको थियो । यस विषयलाई लिएर संकटको बेलामा पनि चीनले नेपाललाई मानवीयता देखाउने नाममा अधिक मूल्यमा सामान बेचेको भन्दै अहिले व्यापक आलोचना भएको छ ।

 विश्व बजारमा प्रचलित सामानको मूल्य सूची

सुरुमा चीनले नेपाललाई मेडिकल सामग्री उपलब्ध गराउने प्रस्ताव राख्यो । तर मूल्य अधिक भएको भन्दै नेपाली मिडियाले विरोध ग¥यो । जानकारीमा आए अनुसार १ डलर पर्ने मास्कलाई चीनले ७ डलर लिएको छ । त्यस्तै, १० डलरको टेस्टिङ कीटलाई ३८, २५ डलरको इन्फ्रारेड थर्माेमिटरलाई ६५ र ५ डलर पर्ने डिस्पोजेब गाउनलाई १६ डलर लिएको आजतकको समाचारमा उल्लेख गरिएको छ ।

नेपाललले चीनलाई बुझाएको मूल्य र फरक परेको हिसाब

जस अनुसार ८० हजार थान मास्क किन्दा नेपालले ४ लाख ८० हजार डलर बढी तिरेको छ । त्यस्तै, ५० हजार टेस्टिङ कीटमा १४ लाख, १ हजार ५ सय थर्माेमिटरमा ६० हजार, १ लाख ग्लब्समा १५ लाख र १ लाख डिस्पोजोबल गाउन्समा ११ लाख डलर नेपालले बढी चुकाएको छ । यसरी विश्व बजारको तुलनामा नेपालले चीनलाई ३५ लाख ४० हजार डलर बढी तिरेको छ ।

चीनबाट नेपाल आएको पर्सनल प्रोटेक्सन इक्विपमेन्ट पीपीई काठमाण्डौंबाट सिँधै प्रदेशमा पठाईएपछि उक्त पीपीई कमसल भएको भन्दै चिकित्सकहरुले प्रयोगमा प्रतिबन्ध लगाए ।

समाचारको ओरिजिनल लिंक

https://aajtak.intoday.in/story/coronavirus-pandemic-nepal-bans-china-ppe-1-1177025.html?fbclid=IwAR068BVqA2M1jNQbrzvAcPPQ4czrca1EvBvfkbmaUVrDhRMBVsjYuu_9Plo