/नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८ सय ५३

नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८ सय ५३

रिसेस

नेपालमा दिनहुँ कोरोना संक्रमित बढिरहेको तथ्यांक छ । आज रौतहट, दाङ, बारा, झापा, बाग्लुङमा कोराना संक्रमित थपिएका हुन् ।

आज रौतहटमा ३५ जना नयाँ संक्रमित थपिएका हुन । रौतहटको इशनाथका १६, गौरका ८, गढीमाईका ७, देवाही गोनहीका २ कटरीया २ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै झापामा १७ जनामा संक्रमण पुष्टि भएको छ । झापाको कचनकबलका १५ र गौरादहका दुईजनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आजै बाग्लुङमा पनि छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बडिगाढ गाउँपालिकाका दुई र तमान खोला गाउँपालिकाका चार जना रहेका छन । योसँगै कोरोना संक्रमित हुनेको संख्या ८ सय ५३ पुगेको छ ।

देशभरीका विभिन्न क्वारेन्टिनमा ५५ हजार २ सय ८२ बढी छन् । यो अहिलेसम्म क्वरेन्टिनमा भएका मानिसको सर्वाधिक संख्या हो । क्वारेन्टिनमा रहने प्रायः सबै भारतबाट फर्केका नागरिका हुन् ।

संक्रमणवाट हालसम्म चार जनाको मृत्यु भएको हो । अहिलेसम्म निको भएर १ सय ५५ जना घर फर्केका छन ।