/आजसम्म नेपालमा ८ सय ८६ संक्रमित

आजसम्म नेपालमा ८ सय ८६ संक्रमित

काठमाडौँ

नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ८ सय ८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ११४ जनामा संक्रमण पुष्टि भएको बताउनु भयो ।