/कोरोना उपचारार्थ स्याङजाका महिलालाई पोखरा ल्याइयो

कोरोना उपचारार्थ स्याङजाका महिलालाई पोखरा ल्याइयो

रिसेस, पोखरा

स्याङजाबाट एक कोरोना संक्रमित महिलालाई आज दिउँसो सवा १२ बजे उपचारार्थ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको छ ।
उनीलाई एम्बुलेन्समार्फत भर्खरै पोखरा ल्याइएको हो । मोटरसाइकलमा प्रहरी स्कर्टिङसहित यहाँ ल्याइएकी महिलाको अवस्था भने सामान्य रहेको छ । स्याङजामा महिलाका लागि छुट्टै व्यवस्था नभएकाले उनलाई पोखरा ल्याउनु परेको अस्पतालले बताएको छ ।

उक्त ३९ वर्षीया महिलासँगै स्याङजामा हालसम्म ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।