/कोरोनाले ५ बिते, संक्रमितको संख्या १ हजार ४२

कोरोनाले ५ बिते, संक्रमितको संख्या १ हजार ४२

रिसेस

नेपालमा आज एकै दिन १५६ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । त्यस्तै कोरोनाका कारण ललितपुरका एक जनाको मृत्यु भएको समेत मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।