रिसेस, काठमाडौँ
गीतकार रत्नशमशेर थापाको निधन भएको छ ।
बिहीबार दिउँसो १२ बजे नर्भीक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको ८१ वर्षको उमेरमा निधन भएको हो ।
थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘जाग लम्क चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका गीत चर्चित छन् ।