तस्बिरः पतिकासाथ मिरा
रिसेस
अकस्मात ढाड र पेट दुखेर गैह्रापाटनस्थित फिस्टेल अस्पतालमा जँचाउन पुगेकी रामकृष्ण टोलकी ३९ वर्षीया मिरा मुल्मीको मृत्यु भएको छ ।
अस्पताल पुगेपछि मिरालाई चिकित्सकले इन्जेक्सन दिएका थिए । इन्जेक्सन दिएको केही समयमै उनको मृत्यु भएको हो । बिहान वाकिङपछि केही समय ब्याडमिन्टन खेलेपछि उनलाई केही पीडा महशुस भएको थिए । मिराका पति प्रदिपले भने, ‘लगत्तै मैले गाडीमा हालेर हस्पिटल पु¥याए तर उनको ज्यान गयो ।’
मिराको मृत्यु भएपछि आफन्तले हस्पिटललाई दोष दिएका छन् । हाल हस्पिटलमा मृतकका आफन्त र हस्पिटल प्रशासनबीच वार्ता भइरहेको छ । मृतककी पति प्रदिप फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष हुन् ।
मुल्मी दम्पतीका १ छोरा र १ छोरी छिन् ।