काठमाडौं – नेपालमा पश्चिमी वायुको प्रभावका कारण मौसम बदलीसँगै आज वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् मीनकुमार आर्यालले ती मौसमी प्रणालीको प्रभाव भोलिबाट क्रमशः हट्दै जाने बताए ।
हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्का वर्षा भएको छ । धेरैसजो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तो छ महाशाखाले गरेको ३ दिनको मौसम पूर्वानुमान
जेठ १८ गते (आईतबार)
देशभर सामान्य बदली रहि देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना छ।
जेठ १९ गते (सोमबार)
देशको पूर्वी भू–भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ।
जेठ २० गते (मंगलबार)
देशको पूर्वी भू–भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।