/संक्रमितसँगै आएका ६ जना हराएपछि गण्डकीमा तनाव

संक्रमितसँगै आएका ६ जना हराएपछि गण्डकीमा तनाव

दिपक के श्रेष्ठ

भैरहवाको क्वारेन्टाइनमा रहेका २३ मध्ये ६ जना सम्पर्कविहीन भएपछि गण्डकी क्षेत्रमा खैलाबैला भएको छ ।

त्यहाँस्थित नमुना क्वारेन्टाइनबाट म्याग्दी यातायातको ना ५ ख २८९८ नम्बरको बसमा रहेकामध्ये म्याग्दीमा गरिएको स्वाब परीक्षणमा एकजना कोरोना संक्रमित पाइएको थियो । उक्त व्यक्तिमा संक्रमण देखिएलगत्तै अन्यको खोजी गर्दा ६ जनाको टुंगो लाग्न सकेको छैन ।

हाल स्वास्थ्य निर्देशनालय गण्डकीले सुरक्षा निकायमार्फत खोजी जारी राखेको छ भने सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई समेत कुनै जानकारी प्राप्त भए खबर गर्न आग्रह गरेको छ ।

सम्पर्कमा आउन नसकेका मध्ये २ जना पोखराको पुरानो बसपार्कमा ओर्लिएका छन् भने लमजुङका ३ जना डुम्रेमा र गोरखाका १ जना आँबुखैरेनीमा ओर्लिएको बताइएको छ ।

हेरौ, निर्देशनालयको विज्ञप्तीः