रिसेस
नेपालमा कोरोना संक्रमित आठौं व्यक्तिको मृत्यु भएको छ ।
बाजुरामा आज बिहान मृत्यु भएकी २ वर्षीया बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको हो ।
यसअघि दैलेख दुल्लुका ३५ वर्षे पुरुष, सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष र अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ एक जना पुरुष गरी ७ जनाको कोरोनाका कारण मृत्यु भइसकेको पुष्टि भइसकेको छ ।
सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती बालिकाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।