एजेन्सी
भारतको उडिसाअन्तरगत कटकल जिल्लाका एक पुजारी मानव बली दिएको अपराधमा पक्राउ परेका छन् । मानव बली दिएपछि कोरोना समाप्त हुने भन्दै उनले बली चढाएका हुन् ।
सपनामा भगवानले मानव बली दिए कोरोना समाप्त हुने बताएपछि पुजारीले उक्त कार्य गरेको प्रहरीसमक्ष बताएका छन् । यो घटना गत बुधबारको हो ।
कटकको बंघहुडा गाउस्थित माँ ब्राह्मणी मन्दिर भित्र पुजारीले बली दिएका थिए । बली चढाइएका युवकको नाम सरोजकुमार प्रधान भएको बताइएको छ । उनको शव प्रहरीले बरामद गरेको छ । घटनास्टलबाट प्रहरीले बली चढाउन प्रयोग गरेको हतियारसमेत बरामद गरेको छ ।
बली चढाउने पुजारी सन्सारी ओझासँग सोधपुछ गर्दा उनले बली चढाएको स्वीकारेका छन् । कटकका डिआइजी आशिष सिंहले घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको भारतीय मिडियालाई बताएका छन् ।
मोहम्मद सुफियान, आजतक