/गण्डकी प्रदेशमा कोरोना संक्रमित ३८ पुगे

गण्डकी प्रदेशमा कोरोना संक्रमित ३८ पुगे

रिसेस

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले यस क्षेत्रमा कोरोना संक्रमितको संख्या ३८ पुगेको जनाएको छ । निर्देशनालयले आज एक विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो ।

प्रेस विज्ञप्ती जस्ताको तस्तैः

गण्डकी प्रदेश, नवलपरासी  (बर्दघाट सुस्ता पूर्व) जिल्ला, बुलिङटार गाउँपालिका ठेगाना भै कपिलबस्तु जिल्ला, बाडगंगा नगरपालिका स्थित शिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा रहनुभएका बर्ष १६ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । वहाँलाई अहिले चितवन जिल्ला, भरतपुर महानगरपालिका स्थित कोरोना अस्पतालमा उपचार भैरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुगेको व्यहोरा अनुरोध छ ।

विज्ञप्तीमा निर्देशनालयका प्रवक्ता डा विनोद विन्दु शर्माले हस्ताक्षर गरेका छन् ।