/‘जेठ २५ भित्र कर तिर्न ताकेता’को विरोधमा कांग्रेस

‘जेठ २५ भित्र कर तिर्न ताकेता’को विरोधमा कांग्रेस

रिसेस

अर्थमन्त्रीले सरसापट गरेरै भएपनि यही २५ भित्र विभिन्न कर तिर्न नागरिक, व्यवासायीलाई ताकेता गरेकोमा नेपाली कांग्रेसले विरोध गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तीमा सरकारको ताकेताप्रति दलको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । विज्ञप्तीको हेडलाइनमा ‘जेठ २५ भित्र विभिन्न कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञाको विकल्प छैन । ताकेता फिर्ता लेउ, समयावधि थप गर सरकार’ लेखिएको छ ।

त्यस्तै, लकडाउन भएको अढाई महिना पुग्न लागेको र हाल जेठ ३२ सम्म कायमै रहेको स्थितिबीच कर तिर्न ताकेता गर्नु भनेको सरकारले बजारको स्थिति बुझेर पनि बुझ पचाउनु र नागरिकको पीडाप्रति असंवेदनशील बन्नु हो’ भनिएको छ ।

विज्ञप्तीमा कांग्रेसले सरकारलाई समयको गाम्भीर्यता बुझ्दै कर तिर्न निर्धारित समयावधिको ताकेता तत्काल फिर्ता गर्न माग गरेको छ ।