/विदेशमा रहेका नेपालीलाई देश ल्याउन थालियो

विदेशमा रहेका नेपालीलाई देश ल्याउन थालियो

रिसेस, काठमाडौँ

म्यानमारबाट नेपालीहरु लिएर आएको जहाज काठमाडौँमा अवतरण गरेको छ । विहान ९ः५० मा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने भनेको जहाज १०ः४३ मा अवतरण गरेको हो ।

उक्त जहाजले म्यानमारमा रोकिएका २६ जना नागरिक ल्याएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । सोहि जहाजले नेपालबाट फर्कदा ४३ जना म्यानमारका नागरिक लिएर फर्कने त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले बताउनु भयो ।

त्यस्तै आजै ९शुक्रबार० यूएईबाट पनि नेपाली फर्कदै छन् । यूएई सरकारले नै आफ्नो जहाजमा रोजगारमा गएकालाई फर्काउन लगेको हो । प्राधिकरणका अनुसार १६८ नेपाली यूएईबाट आउँदै छन् । योसँगै सरकारले विदेशमा अल्पत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने क्रम सुरु भएको छ ।

संसारभर कोरोना संक्रमणको संकट गहिरिँदै गएपछि सरकारले स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई क्रमशः ल्याउने निर्णय गरेअनुसार पहिलोपटक म्यान्मारबाट नेपाली ल्याइएको हो । यसअघि चीनको वुहानबाट विमान चार्टर गरी नेपाली विद्यार्थी सहित १७५ जना नेपाली नागरिकलाई गत फागुनमा ल्याइएको थियो ।