रिसेस, काठमाडौँ
चलचित्र निर्देशक, निर्माता एवं गीतकार दयाराम दाहाल चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् ।
काठमाडौँ तत्कालीन अध्यक्ष केशव भट्टराईको अचानक निधन भएपछि रिक्त रहेको पदमा सरकारले निर्देशक दाहाललाई २ वर्षका लागि नियुक्त गरेको हो ।
बोर्ड अध्यक्षका लागि १० जनाले सूचना तथा सञ्चार मन्त्रालयमा आवेदन दिएका थिए । तीमध्ये दाहाल, अभिनेता भुवन केसी र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाको नाम मन्त्रिपरिषदमा पुगेको थियो ।
तीमध्ये बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई बोर्ड अध्यक्षका लागि योग्य ठहर्याउँदै नियुक्त गर्ने निर्णय गरेको हो । फिल्म क्षेत्रमा प्रवेश गरेका दाहाल सन् १९९२ देखि फिल्म निर्माणमा अग्रसर छन् ।