/सुदूर बाजुराको क्वारेन्टाइनमा एकको मृत्यु

सुदूर बाजुराको क्वारेन्टाइनमा एकको मृत्यु

बाजुराः सुदूर पश्चिमको बाजुरामा फेरि क्वारेन्टाइनमा एक वृद्धको मृत्यु भएको छ । बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ मा जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीय बृद्धको मृत्यु भएको हो ।

हिजो साँझदेखि खाना नखाएको र राति एकाएक बिरामी भएर मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावतले बताए । गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको हो ।

उनी विगत २५ वर्षदेखि भारतमा बस्दै आएका थिए। र, यही जेठ १५ गतेमात्र गाउँमा आएका वडा अध्यक्ष रावतले जानकारी दिए । मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलनको तयारी भइरहेको छ ।