/विदेशबाट नेपाल ल्याइएका नेपालीलाई राख्न ४३ वटा होटलको जोहो

विदेशबाट नेपाल ल्याइएका नेपालीलाई राख्न ४३ वटा होटलको जोहो

रिसेस

विदेशबाट नेपाल आएका नेपालीहरूले आफ्नै खर्चमा बस्ने चाहनेहरूका लागि सरकारले होटलको सूची प्रकाशन गरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा उपत्यकाको ४३ वटा होटलको सूची सार्वजनिक गरेका हो ।

होटल संघ नेपालले सरकारलाई बुझाएको होटलको विवरणका अनुसार सूची सार्वजनिक गरिएको कार्यालयले जनाएको छ । आफ्नै खर्चमा नेपाल आएर आफैं खर्च गरेर क्वारेन्टिनमा बस्न चाहनेले यि होटल प्रयोग गर्न सक्नेछन । सरकारले पहिलो चरणमा काठमाडौं, नगरकोट, धुलिखेल पोखराका होटललाई क्वारेन्टिन बनाउने तयारी गरेको छ ।

यसरी बस्नेहरुका लागि चारतारे होटलमा एक शैय्याको लागि आठ हजार र दुई तारे होटलमा पाँच हजार शुल्क तोकिएको छ । यसमा चार पटकसम्मको खाना र खाजा पनि समावेश हुनेछ । पर्यटकीय स्तरका होटलमा एक्लैको लागि तीन हजार र दुई जनाको लागि प्रतिव्यक्ति दुई हजार रुपैयाँ निर्धारण भएको छ ।