/नेपालमा कोरोनाबाट १२ बिते

नेपालमा कोरोनाबाट १२ बिते

रिसेस

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दर्जन पुगेको छ । डोल्पामा गत बुधबार मृत्यु भएका व्यक्तिको स्वाब परीक्षणको रिपोर्ट कोरोना पोजिटिभ आएपछि मृतकको संख्या १२ पुगेको हो ।

यसअघि कोरोनाबाट नेपालमा ११ जनाको मृत्यु भइसकेको पुष्टि स्वास्थ्य मन्त्रालयले गरिसकेको छ । डोल्पा जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण रञ्जितकारका अनुसार यही जेठ २१ गते मृत्यु भएका जगदुल्ला गाँउपालिका-३, थापागाउँका ५८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट कोरोना भाइरस पोजिटिभ आएको हो ।

उनि जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए । डोल्पामा आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारासिं रोकायले जानकारी दिनुभयो ।

उनको २० गते निधन भयो । उनी लामो समयदेखि दमको रोगले पीडित थिए । निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारी पुष्टि गरे ।