/कास्कीका ३ संक्रमित आइसोलेशनमा भर्ना, स्याङजाकी महिलालाई उतै लगियो

कास्कीका ३ संक्रमित आइसोलेशनमा भर्ना, स्याङजाकी महिलालाई उतै लगियो

दिपक के श्रेष्ठ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा कोभिड १९ पुष्टी भएका ३ जनालाई प्रतिष्ठानको आइसोलेशन वार्डमा भर्ना गरिएको छ ।

जसमध्ये पोखरा महानगरपालिकास्थित क्वारेन्टाइनमा रहेका १ र रुपा गाउँपालिकाका २ जना रहेका छन् ।

तीनै जनालाई भर्ना गरिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै, यसअघि गत १५ गते स्याङजाबाट यहाँ ल्याइएकी ३९ वर्षीया महिलालाई स्याङजानै पठाइएको छ ।

उनलाई भिरकोट नगरपालिकास्थित कालिका सामुदायिक अस्पतालमा स्थानान्तरण गरिएको प्रतिष्ठानले बताएको छ । उक्त महिलालाई सामाजिक विकास मन्त्रीको निर्देशनमा स्याङजा पठाइएको हो ।

प्रतिष्ठानको आइसोलेशनमा रहेका तीनैजना पुरुष हुन् ।