/लकडाउन खुकुलो हुँदै, यात्रुवाहक सवारी र मदिरा पसल खुल्ने

लकडाउन खुकुलो हुँदै, यात्रुवाहक सवारी र मदिरा पसल खुल्ने

रिसेस

७४ दिन लामो लकडाउनले जनताको दैनिक जीवन कष्टकर बनेपछि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने भएको छ ।

यस विषयमा सरकारले विज्ञमार्फत राय लिएर मोडालिटी तयार गर्न कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर सिसिएमसीलाई जिम्मा दिएपछि मोडालिटी परिवर्तन भएको हो । जसअनुसार लकडाउन छ चरणमा गरी दुई महिनाभित्र खोल्ने प्रस्ताव तयार गरेको छ । जसलाई मन्त्रिपरिषदले पारित गर्ने गरी तयारी भएको छ ।

लकडाउन खुकुलो बनाउने गरी तयार भएको प्रस्तावमा २५ जेठबाट यात्रुवाहक सवारी सञ्चालन गर्न दिने र १ असारबाट उद्योग व्यवसाय देखि मदिरा पसल खोल्न दिने प्रस्तावहरु समावेश छन् । विभिन्न चरणमा भिन्न क्षेत्रका सेवाहरु सञ्चालनको अनुमति दिइनेछ ।

भौतिक दुरी कायम राखी आवश्यक सरसफाइको प्रोटोकल पालना गरी जेठ २५ बाट नै जिल्ला नकट्ने गरी साधन सञ्चालनको प्रस्ताव गरिएको छ । सवारी साधनमा सिट क्षमताको आधा मात्र राख्न पाइनेछ । जस अनुसार मोटरसाइकलमा एकजना र कारमा दुईजना मात्र चढ्न पाउनेछन् ।