/नेपालमा संक्रमित ३ हजार ४४८, मृत्यु १३

नेपालमा संक्रमित ३ हजार ४४८, मृत्यु १३

रिसेस

नेपालमा आइतबार थप २ सय १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप २१३ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनु भयो ।

डाक्टर देवकोटाका अनुसार अहिले देशभरका आइसोलेसनमा २ हजार ९ सय ६८ जना संक्रमित रहेका छन् । पछिल्लो २४ धण्टामा १ सय २ जना डिस्चार्ज भएका छन् । योसँगै आजसम्म ४ सय ७७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ जना रहेको छ ।