/न्यूजिल्याण्ड अब कोरोनामुक्त राष्ट्र

न्यूजिल्याण्ड अब कोरोनामुक्त राष्ट्र

एजेन्सीको सहयोगमा

न्यूजिल्याण्डकी प्रधानमन्त्री जकिन्डा आर्डर्नले अब मुलुक कोरोनामुक्त भएकाले सम्पूर्ण लकडाउन खारेज गरेको बताएकी छिन् ।

उनले स्वास्थ्य मन्त्रालयको हवाला दिँदै अब न्यूजिल्याण्डको जनजीवन पुरानै लयमा फर्कने भन्दै कोरोना र लकडाउन दुबै नभएको जानकारी दिएकी छिन् ।

त्यहाँको एक टेलिभिजन च्यानललाइई सम्बोधन गर्दै उनले यस्तो घडीमा सबैले आफ्नो क्षेत्रबाट गरेको योगदानको प्रशंसासमेत गरिन् ।

गएको १७ दिन यता न्यूजिल्याण्डमा कोरोनाको कुनै पनि नयाँ संक्रमित फेला नपरेपछि कोरोनामुक्त राष्ट्र घोषणा गरेको बताउँदै आर्डन्ले भनिन्, ‘स्वास्थ्य मन्त्रालयले रिपार्ट दिएपछि म खुशीले नाचे ।’