/कोरोना संक्रमित ३ हजार ७६२,चौध बिते

कोरोना संक्रमित ३ हजार ७६२,चौध बिते

रिसेस

नेपालमा सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ३१४ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनु भयो ।

डाक्टर गौतमका अनुसार अहिले देशभरका आइसोलेसनमा ३ हजार २ सय ६० जना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टा २१ जना डिस्चार्ज भएका छन् ।

योसँगै आजसम्म ४ सय ८८ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ जना रहेको छ ।