भरतपुरः नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको आज विहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो ।
गत शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइसीयूमा उपचाररत उनीलाई कोरोना पोजेटिभ देखिएपछि सोमबार बेलुका ७ बजे भरतपुर अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो ।
उपचारका क्रममा आज विहान ७ः०५ बजे उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको हो ।
अस्पतालका अनुसार उनलाई सुगर, प्रेसर लगायत निमोनियाको समेत समस्या थियो ।
यसअघि नेपालमा कोरोनाका कारण १४ जनाको ज्यान गइसकेको छ ।