/शिवसेनाले गणतन्त्र मुर्दावाद भन्दै राँके जुलुश निकाल्यो

शिवसेनाले गणतन्त्र मुर्दावाद भन्दै राँके जुलुश निकाल्यो

दाङः ‘गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद’ शिव सेना नेपाल जिन्दावाद, भन्ने नारा लगाउँदै शिव सेना नेपालका कार्यकर्ताहरुले दाङको तुलसीपुरमा आइतबार साँझ बिशाल राँके जुलुस प्रदर्शन गरेका छन् ।

लक डाउनको समयमा प्रहरीको समेत हस्तक्षेप हुँदाहुँदै पनि तेसको कुनै प्रवाह नगरी शिव सेनाका नेता कार्यकर्ताहरुले राँके जुलुस निकालेका थिए ।शिव सेना नेपालका दाङका अध्यक्ष देवीराम भण्डारीको सहयोग, उपाध्यक्ष अशितव लामिछानेको नेतृत्वमा मसाल जुलुस निकालिएको थियो ।

भारतले नेपालको जमीन लिपुलेक, कालापानी र लिम्पियाधुरा लगयतमा ठाडो हस्तक्षेप गर्दै सिमा अतीक्रमण गर्दै बाटो निर्मण गरेर पुर्खाले दुखले आर्जेको माटो माथी भारतले गिद्दे दृष्टि लगायको र नेताहरुले जनताको हित बिपरीत राष्ट घाति ःऋऋ स‌ंसदले पास गराउन खोजेको भन्दै शिवसेना नेपाल दाङ जिल्ला द्वारा कोरोना माहामारीको समेत कुनै प्रवाह नगरी राँके जुलुस प्रदर्शन गरेको छ ।

जुलुसमा राजसंस्था को माग सहित सयौं शिवसैनिकहरुद्वारा आफ्नो भुमि एक इन्च छोडने बाला छैन भन्दै राँके जुलुसमा सहभागीहरुले ‘एमसीसी मुर्दावाद’,‘भारतीय सेना कालापानी छोड’,‘राजसंस्था ल्याऔं, देश बचाऔं’“गुमेको भूमी फिर्ता गर, गाउ गाउमा हल्ला छ, राजा आउने सल्लाह छ, राजा आउ देश बचाउ, राजतन्त्र जिन्दाबाद, एमसीसी खारेज गर, राजा जनता एक हौ जस्ता नारा सहीत सयौको संख्यामा राँको सहीत प्रदर्शनीमा उत्रीयको शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत ९अनिल बाबा० ले बताएकाछन ।

शिव सेना नेपालका कार्यकर्ताहरुले देशभर शृंखलाबद्धरुपमा राँके जुलुस निकालिरहेका छन् । उनीहरुले केही दिन अघि नवलपरासी, पाल्पा, रुपन्देहीमा पनि राँके जुलुस निकालेका थिए ।