/क्वारेन्टाइनबाट सरसामान लिएर ४० फरार

क्वारेन्टाइनबाट सरसामान लिएर ४० फरार

महोत्तरीः महोत्तरीको सम्सी गाउँपालिकास्थित क्वारेन्टाइनबाट सरसामान सहित ४० जना फरार भएका छन् ।

क्वारेन्टिन इञ्चार्ज सुनिलकुमार यादवका अनुसार, भारतका विभिन्न शहरबाट आएर १५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टाइनमा बस्दै आएका ४५ मध्येका ४० जना क्वारेन्टाइनमा दिइएको सरसामान लिएर भागेका हुन् ।

उनीहरु छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन् ।