/३९ यात्रुसहित टिपर कर्णालीमा खस्यो, चारको उद्धार

३९ यात्रुसहित टिपर कर्णालीमा खस्यो, चारको उद्धार

कालिकोटः कालीकोटको जितेबाट रासकोट जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ ।

चारजना घाइतेको उद्धार गरिएको छ । कालीकोटका सहायक सीडीओ युवराज गुरागाइँले ३९ जना यात्रु बोकेको टिपर खसेको जानकारी दिए ।

दुर्घटनास्थलमा नेपाली सेना र प्रहरीहरुको टोली उद्धारमा खटिएका छन् ।घटनाबारे बाँकी खबर आउन बाँकी छ ।