/कोरोना भाइरस नेपालः २ सय ७९ थपिए, ४ हजार ३६४ पुग्यो

कोरोना भाइरस नेपालः २ सय ७९ थपिए, ४ हजार ३६४ पुग्यो

काठमाडौँः नेपालमा पछिल्लो २४ घन्टामा २७९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २७९ कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४३६४ पुगेको छ। तीमध्ये ६७४ जना डिस्चार्ड भएका छन्, भने १५ जनाले ज्यान गुमाएका छन् ।

सरकारले पछिल्लो समय पिसिआएर प्रविधिबाट दैनिक झन्डै ४ हजार ५ सयका दरले परीक्षण गरिरहेको छ। अहिलेसम्म १ लाख १० हजार ७ सय ४४ जनाको पिसिआरबाट परीक्षण गरिएको छ ।