एजेन्सी: कुवेतबाट नेपाली महिला कामदार लिएर पहिलो जहाज उडेको छ ।
कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरलाइन्सको जहाज स्थानीय समयअनुसार बिहानको ४ बजे काठमाडौंका लागि उडेको हो ।
कुवेतले बिहीबार बिहान दुईवटा ‘जहाजमार्फत नेपाली महिलालाई नेपाल पठाउन लागेको हो ।
कुवेतले पहिलो उडान बुधबार हुन नसकेपछि बिहीबार बिहानैबाट नेपालीलाई पठाइएको हो । दोस्रो उडानमा आउने यात्रुको कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण र चेक इन गर्ने काम सुरु भएको छ ।
बिहीबार दुई वटा जहाजमा गरी ३ सय जना नेपाली महिला स्वेश फर्किने छन् ।
तस्बिरः योहोटिभी