रिसेस
सरकारले आजदेखि स्वास्थ्य सावधानी अपनाएर पसल खोल्ने दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । त्यस्तै, निजी सवारी साधनलाई पनि जोर–बिजोरका आधारमा संचालन गर्न दिने निर्णय भएको बताइएको छ ।
- -स्वास्थ्य सेवासँग सम्बन्धी सबै सेवा, निजी क्लिनिक समेत
– औषधि, खाद्य तथा पेय पदार्थ, तरकारी, फलफूल, दुग्ध पदार्थ, अण्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्री–वितरण तथा ढुवानी
– पेट्रोलियम पदार्थको ढुवानी र बिक्री–वितरण
– फोहोरमैलाको व्यवस्थापन
– विद्युत दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रशारण, हुलाक, सम्बन्धी सेवा
– बैंक तथा वित्तीय सेवा, सहकारी र बीमा सेवा
– कृषि बीउबीजन, रासायनिक मल, कृषि औजार–उपकरण र शीतभण्डार सम्बन्धी सेवा र कार्य,
– उत्पादनशील उद्योग
– निर्माण सामग्रसम्बन्धी उद्योग, व्यवसाय
– विकास आयोजना (निजी क्षेत्रबाट प्रबद्र्धितसमेत)
– निर्माण कार्य (निजी क्षेत्रबाट सञ्चालित समेत)
– नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्री–वितरण
– रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा
– क्वारेन्टिनका लागि तोकिएका होटल
– बिजुलीका सामान बिक्री र मर्मत
– विद्युतीय उपकरण, मेसिनरी र सवारी साधानको मर्मत गर्ने वर्कसप
– पुस्तक पसल तथा स्टेसनरी
– सबै प्रकारका ढुवानी सेवा
– अत्यावश्यक सेवाका सबै कार्यालय
– अन्य सरकारी कार्यालय, गैरसकारी तथा निजी क्षेत्रका कार्यालय र (बैंक तथा वित्तीय संस्थाहरूमा आधार कर्मचारी रहनेगरी)