रिसेस
सरकारले लकडाउनको मोडालिटी तयारी गरी विभिन्न क्षेत्र खोल्ने निर्णय गरेपनि व्यायामशाला खुला नगरेकोमा कास्की बडिबिल्डिङ एण्ड फिटनेश संघले विरोध जनाएको छ ।
करौंडौको लगानी र सयौंको रोजगारप्रति संवेदनशील बन्न आवश्यक भएको भन्दै संघले आज जिल्ला प्रशासन कार्यालय, कास्की, जिल्ला खेलकुद विकास समिति, कास्की र पोखरा महानगरपालिकासमक्ष ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझाएपछि रिपोर्टर्स सेभेनसँग कुराकानी गर्दै संघका अध्यक्ष राजुकुमार थापाले जिम सेन्टरले सुरक्षाका सम्पूर्ण मापदण्ड प्रयोग गरी व्यवसाय खुलाउन तयारी गरेपनि सरकारको पछिल्लो निर्णयले व्यवसायी मारमा परेको बताए ।
सम्पूर्ण खेलकुदमा संलग्न खेलाडीकालागि जिम आवश्यक पर्ने भन्दै उनले सिफ्टअनुसार व्यायामशाला सञ्चालन गर्न पाउनुपर्ने माग समेत राखे । ‘हामी सुरक्षाको प्रबन्ध मिलाउँछौं’ थापाले भने ‘जिम सेन्टर खुलाएर हाम्रो लगानी डुब्नबाट बचाउँन सरकारले पहल गरिदिनु प¥यो ।’
त्यस्तै, संघका सचिव दिपक बाँस्तोलाले खेलाडीको स्वास्थ्य र सुरक्षामा जिम सेन्टरले उपलब्ध सम्पूर्ण व्यवस्था गर्ने बताउँदै सरकारका सम्पूर्ण निकायसमक्ष माग राखिएको उल्लेख गरे । कोरोना भाइरसबाट बच्न मानव शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउन पनि जिम सेन्टर खोल्न आवश्यक हुने उनले टिप्पणी गरे ।
पोखरामा हाल ३५ जिम हाउस रहेका छन् भने करिब ४५ करोड रुपैयाँको लगानी छ भने केही खुल्ने क्रममा रहेका छन् ।