/नवलपुरमा थप ४ कोरोना संक्रमित भेटिए

नवलपुरमा थप ४ कोरोना संक्रमित भेटिए

रिसेस
नवलपरासीमा थप ४ कोरोना संक्रमित भेटिएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश, पोखराले भर्खरै एक विज्ञप्ती जारी गरी उक्त जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४ पुरुषमा संक्रमण पुष्टी भएको निर्देशक डा. विनोद विन्दु शर्माले जनाएका छन् ।

संक्रमितहरुलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेशन कक्षमा राखिएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय ९२ पुगेको छ ।