/वीरगञ्जमा भेटिएको बेवारिस शवमा कोरोना पुष्टि

वीरगञ्जमा भेटिएको बेवारिस शवमा कोरोना पुष्टि

वीरगञ्जः वीरगञ्जमा मृत्यु भएका २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बारा निजगढका ५ वर्षीय बालक र वीरगञ्जको घण्टाघर नजिक बेवारिसे अवस्थामा मृत फेला परेका अन्दाजी २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

निमोनियाबाट सिकिस्त बालकको आरडीटी पोजेटिभ आएपछि पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो । यसैगरी यसअघि वीरगञ्जको नेशनल मेडिकल कजेलमा मृत्यु भएका बारा जिल्लाका एक वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । शनिवार वीरगञ्जका विभिन्न क्वारेन्टाइनमा बसेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।