/सरकार विरोधी प्रदर्शनमा काठमाण्डौंबाट ४ विदेशी पक्राउ

सरकार विरोधी प्रदर्शनमा काठमाण्डौंबाट ४ विदेशी पक्राउ

काठमाडौंः सरकारविरोधी प्रदर्शनमा सहभागी भएका ४ जना विदेशी पक्राउ परेका छन् । माइतीघरमा भइरहेको प्रदर्शनमा पुगेका ४ जना विदेशी नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सरकारले आन्दोलन नगर्न र आन्दोलन गरेमा सङ्क्रामक रोग ऐन अनुसार कारबाही गर्ने चेतावनी दिए पनि युवाहरुले आन्दोलन जारी राखेका छन् ।

सरकारले कोरोना नियन्त्रणमा ध्यान नदिएको, भ्रष्टाचार मौलाएको लगायतका आरोप लगाउँदै केही दिनयता युवाहरुले देशव्यापी आन्दोलन गर्दै आएका छन् ।