/लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको होः राजेन्द्र महतो

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको होः राजेन्द्र महतो

काठमाडौंः कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा अनुसूचीमा समावेश गर्ने विधेयक संशोधन संसदबाट सर्वसम्मत स्वीकृत हुने जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान (दोश्रो संशोधन) विधयेक, २०७७ सर्वसम्मतिले पारित गरियोस् भन्ने प्रस्तावपछि उहाँले आफ्नो धारणा राख्नुभएको हो ।

उहाँले यो सामान्य प्रस्ताव नभएको बताउँदै देशको भूमिको सवाल, नेपालको नक्सामा राख्ने सवाल सामान्य विषयवस्तु नभएको बताउँदै राष्ट्रियता, सार्वभौमिकतासँग जोडिएको स्पष्ट पार्नुभयो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा संविधानको अनुसूचीमा राख्ने संशोधन प्रस्ताव सदबाट पारित गर्न आएको बताउँदै नेपाली जनताको लागि धेरै महत्वपूर्ण रहेको बताउनुभयो ।

हिमाल, पहाड र तराईका नेपाली आफ्नो भूमिप्रति संवेदनशील रहेको बताउनुभयो ।

भारतीय सीमामा मधेसी जनताले लडेकोले त्यहाँ नेपाली सेना राख्न जरुरी नरहेको बताउँदै जस्तो पीडा भए पनि त्यहाँका जनताले सहेर भारतीयसँग लडिरहेको उहाँले बताउनुभयो ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी ५८ वर्षअघिदेखि नेपाली भूभाग नै भएको उहाँले स्पष्ट पार्नुभयो ।