बलिवुड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् ।
उनको शव बान्द्रस्थित आफ्नै निवासमा झुण्डिएको अवस्थामा फेला परेको छ । मुम्बई प्रहरीले उक्त घटनाको पुष्टी गरेको छ ।
भारतीय चर्चित सिनेमा काइ पो चेबाट उदाएका सिंह ३४ वर्षका थिए । पिके, केदारनाथ, एम एस धोनी उनका सुपरहिट चलचित्र हुन् ।
उनको मृत्युपछि विभिन्न अभिनेताहरुले ट्विटमार्फत आश्चर्यचकित भएको उल्लेख गरेका छन् ।