/नेपालमा संक्रमण निरन्तरः कोरोना संक्रमित ५ हजार ७६०

नेपालमा संक्रमण निरन्तरः कोरोना संक्रमित ५ हजार ७६०

रिसेसः नेपालमा आइतबार थप ४ सय २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नेपालमा थप ४२५ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनु भयो ।

डाक्टर गौतमका अनुसार अहिले देशभरका आइसोलेसनमा ४ हजार ७ सय ६७ जना संक्रमित रहेका छन् । पछिल्लो २४ धण्टामा ६१ जना डिस्चार्ज भएका छन् ।

योसँगै आजसम्म ९ सय ७४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ जना रहेको छ