रिसेस
सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछन् ।
आज बस्ने प्रदेश सभा बैठकमा प्रदेशका अर्थमन्त्रीले बजेट सार्वजनिक गर्नेछन् । प्रदेश सरकारहरुले चालु आर्थिक वर्षकै हाराहारीमा आगामी वर्षको बजेट तयार पारेका छन् । चालू आर्थिक वर्षका लागि सात वटै प्रदेशले कुल २ खर्ब ३० अर्ब ४७ करोडको बजेट सार्वजनिक गरेका थिए ।
प्रदेशहरूले संघबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम, आन्तरिक राजस्व र आन्तरिक ऋणलाई समेत स्रोत बनाएर बजेट बनाउँछन् ।
प्रदेश सरकारहरूले स्वास्थ्य र कृषिलाई प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम ल्याइसकेका छन् । सोहीआधारमा बजेट तयार गरिएको प्रदेशका अर्थमन्त्रीहरुले बताएका छन् ।