/कोरोना रोकथामको लागि गण्डकी प्रदेशमा २ अर्ब ९१ करोड

कोरोना रोकथामको लागि गण्डकी प्रदेशमा २ अर्ब ९१ करोड

रिसेस

गण्डकी प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष ०७७/७८ को राजस्व र व्ययको अनुमान प्रस्तुत गरेका छन् ।

मन्त्री गुरुङले राजस्व र व्ययको अनुमान पेस गर्दै कोरोना विशेष बजेटको रुपमा गण्डकीले २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

यो बजेटभित्र कोरोनाको रोकथाम प्रभावकारी बनाउन, गुणस्तरीय क्‍वारेन्टिन, अस्पतालमा शय्या थप, सघन उपचार कक्ष स्थापना, पीसीआर खरिद पर्छन् ।

यस्तै, व्यवसाय सर्भाइभल कोषमा एक अर्ब, बेरोजगार युवाहरुलाई सीप पुँजी अनुदानका लागि १८ करोड रुपैयाँ, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नौ करोड ८९ लाख, पर्यटनतर्फ दुई करोड ५ लाख बजेट विनियोजन भएको उनले जानकारी दिए ।

सरकारले निर्वाचन पूर्वाधार विकास कार्यक्रम निरन्तरता दिएको छ । यो कार्यक्रममार्फत कोरोनाको कारण रोजगारी गुमाएका युवाहरुलाई स्वरोजगार र उत्पादनमा जोड्ने उनले जानकारी दिए ।