/आज ४ सय ५१ थपिए, संक्रमित ६ हजार २११ पुगे

आज ४ सय ५१ थपिए, संक्रमित ६ हजार २११ पुगे

रिसेस

नेपालमा सोमबार थप ४ सय ५१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नेपालमा थप ४५१ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनु भयो ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विरगञ्जमा भएको परीक्षणमा ११ जना, पोखरामा गरिएको परीक्षण ५ जना, सेती अस्पतालमा भएको परीक्षणमा ९ जना, भेरी अस्पताल प्रयोगशालामा २४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा ५ जना, जनकपुरमा गरिएको परीक्षणमा २४ र भरतपुर अस्पतालमा भएको परीक्षणमा ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै रुपेन्देहीमा ७ जना, विराटनगरमा २५ जना, सुर्खेतमा भएको परीक्षणमा १ सय ७ जना, धुलिखेल अस्पतालमा ५ जना, राप्ती स्वास्थ्इ विज्ञान प्रतिष्ठन दाङमा ४३ जना, शिक्षण अस्पतालमा १ जना, हेटौडामा २५ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा ३ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ सय ३९ जनामा पोजेटिभ देखिएको छ ।

डाक्टर गौतमका अनुसार अहिले देशभरका आइसोलेसनमा ५ हजार १ सय ५१ जना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ६७ जना डिस्चार्ज भएका छन् । योसँगै आजसम्म १ हजार ४१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ जना रहेको छ ।