/खुम्बु गाउँपालिका अध्यक्ष निमदोर्जी रहेनन्

खुम्बु गाउँपालिका अध्यक्ष निमदोर्जी रहेनन्

सोलुखुम्बुः सोलुखुम्बुको खुम्बुपासाङल्हमू गाउँपालिकाका अध्यक्ष निमदोर्जी शेर्पाको निधन भएको छ । आज विहान उहाँको लुक्लास्थीत आफ्नै निवासमा निधन भएको गाउँपालिका दुईका वडाध्यक्ष आङफूर्वा शेर्पाले जानकारी दिनुभयो ।

दश महिनादेखि क्यान्सर रोगबाट थलिएका अध्यक्ष शेर्पाको विहान ८ः३० बजे निधन भएको हो । ३९ वर्षिय शेर्पा खुम्बु क्षेत्र र शेर्पा समूदायको लोकप्रिय नेताको रुपमा चिनिुहुन्छ । उहाँ नेकपा सोलुखुम्बुको जिल्ला कमिटि सदस्य पनि हुनुहुन्छ ।