/कास्की प्रहरीः दानबहादुर जाने, जीवनकुमार आउने

कास्की प्रहरीः दानबहादुर जाने, जीवनकुमार आउने

रिसेस

प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ जसमध्ये जिल्ला प्रहरी कार्यालय कास्कीमा दानबहादुर कार्कीको स्थानमा जीवनकुमार श्रेष्ठ आउने भएका छन् ।

प्रधान कार्यालयले सोमबार ३५ प्रहरी उपरीक्षकको सरुवा गरेको छ । जसअनुसार कास्कीका कार्की प्रहरी प्रधान कार्यालय, विशेष ब्यूरो नक्साल सरुवा भएका छन् ।

कास्कीमा आउन लागेका श्रेष्ठ ५ नम्बर प्रदेश प्रहरी कार्यालय, दाङबाट सरुवा भएका हुन् ।