/पोखरा खबरः अस्पतालमा उपचाररत वृद्धमा कोरोना भाइरस

पोखरा खबरः अस्पतालमा उपचाररत वृद्धमा कोरोना भाइरस

रिसेस
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले ९० वर्षीय वृद्धमा कोरोना भाइरस पुष्टी भएको जनाएको छ । निर्देशनालयलय विज्ञप्तीमार्फत उक्त जानकारी दिएको हो ।

विज्ञप्तीः
गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा उपचार गराईरहनुभएका बर्ष ९० का १ जना पुरुष मा कोरोना संक्रमणको पुष्टि भएको छ । वहाँलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेसन कक्षमा ल्याउने तयारी भैरहेको छ ।

त्यसैगरी तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष १२ र ४६ का २ जना पुरुष गरि ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । उहाँहरुलाई तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा ल्याउने तयारी भैरहेको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२६ पुगेको व्यहोरा अनुरोध छ ।