/८ दिन अघि कोरोनाले निधन भएकासँगै थिए वालिङका संक्रमित वृद्ध

८ दिन अघि कोरोनाले निधन भएकासँगै थिए वालिङका संक्रमित वृद्ध

रिसेस

मंगलबार दिउँसो कोरोना संक्रमण पुष्टि भएका ९० वर्षीय वृद्ध गत आइतबार राति कोरोना संक्रमणले निधन भएका व्यक्तिसँगै रहेको खुलेको छ । गत आइतबार स्याङजा वालिङका ५८ वर्षीय पुरुषको कोरोनाका कारण निधन भएको थियो ।

यता मंगलबार कोरोना पुष्टि भएका ती वृद्धमा पोखराको पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचाररत अवस्थामा कोरोना संक्रमण पुष्टि भएको हो ।

एकैदिन अस्पताल भर्ना भएका दुवैजनामध्ये स्याङजाका बिरामीको कोरोना पोजेटिभ र आज संक्रमित वृद्धको रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज भए । तर, २६ जेठमा फेरि ज्वरो देखिएपछि अस्पताल भर्ना भएका थिए ।

पहिले पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी पाएपछि ती वृद्धलाई भर्ना लिएको र फेरि स्वाब संकलन गरेर पठाउँदा पोजेटिभ आएको हो । वृद्धमा उच्च रक्तचापसँगै युटिआई ‘पिसाबमा हुने संक्रमण’ को समस्या समेत छ । पोखरा–१४ भेडिफार्म बस्दै आएका वृद्धको स्थायी घर स्याङ्जाको वालिङ हो ।

उनलाई अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।