/बजेट गण्डकीः अन्य प्रदेशको तुलनामा खेलकुदलाई उच्च प्राथमिकता

बजेट गण्डकीः अन्य प्रदेशको तुलनामा खेलकुदलाई उच्च प्राथमिकता

रिसेस
सरकारले सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष ०७७-७८ को बजेटले खेलक्षेत्रलाई प्राथमिकतामा राखेको छ । अन्य प्रदेशको तुलनामा गण्डकीले खेलकुदमा धेरै बजेट विनियोजन गरेको छ ।

पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै गण्डकी प्रदेशले आर्थिक वर्ष ०७७-७८ को बजेट ल्याएको हो । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले खेलकुद पूर्वाधार निर्माणका लागि आठ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

सरकारले प्रदेशको अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला, क्रिकेट मैदान, उच्च पर्वतीय खेलकुद तालिम केन्द्र, गल्फ कोर्स, स्की जिल्ला स्तरीय रंगशाला तथा एक स्थानीय तह र एक खेल मैदान निर्माणका लागि सो बजेट विनियोजन गरेको हो ।

यस्तै, प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने आफ्ना खेलाडीको प्रशिक्षण तथा व्यवस्थापनका लागि एक करोड ५० लाख छुट्याएको छ ।

गण्डकी प्रदेश सरकारले प्रदेशमा एक स्थानिय तह एक खेल मैदान निर्माणमा जोड दिएको छ । प्रदेश सरकारले मुख्यमन्त्री कपलाई समेत निरन्तरता दिने भएको छ ।

सोमबार गण्डकी प्रदेशको आर्थिक वर्ष २०७७-२०७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशको समग्र खेलकुद विकासलाई प्राथमिकता राखेको बताए ।