/गण्डकीमा कूल संक्रमित संख्या २४७

गण्डकीमा कूल संक्रमित संख्या २४७

रिसेस
गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । पूर्वी नवलपरासीमा १८ जना र पर्वतमा तीन जनामा कोरोना पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि भएकाहरुको संख्या २४७ पुगेको छ ।

उनीहरु सम्बन्धित जिल्लाको क्वारेन्टिनमा बस्दै आएको र आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।