/आरडिटीमा पोजेटिभ देखिएपछि झुण्डिएर आत्महत्या

आरडिटीमा पोजेटिभ देखिएपछि झुण्डिएर आत्महत्या

अर्घाखाँचीः आरडीटी परीक्षणमा पोजेटिभ देखिएका अर्घाखाँचीको शितगंगाका एक जनाले आत्महत्या गरेका छन् ।

शितगंगा नगरपालिका वडा नम्वर ५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका स्थानीय ४५ वर्षीय देवबहादुर विकले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधब बुढाथोकीले बताए ।

गत जेठ १० गते भारतबाट घर फर्किएका बिकको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परिक्षणका लागि जेठ २४ गते स्वाब संकलन गरी पठाइएको भए पनि रिपोर्ट भने आइनसकेको प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताए ।

गएराति क्वारेन्टिन नजिकैको एक रुखमा झुण्डिएर आत्महत्या गरेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।