/दैनिक ५ सयको हाराहारीमा बढेर ७ हजार नाघे संक्रमित

दैनिक ५ सयको हाराहारीमा बढेर ७ हजार नाघे संक्रमित

रिसेस
नेपालमा आज थप ५ सय ८६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ५८६ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनु भयो ।

डाक्टर गौतमका अनुसार अहिले देशभरका आइसोलेसनमा ५ हजार ९ सय ९० जना संक्रमित रहेका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २० जना रहेको छ ।